• १५ चैत्र २०८०, बिहीबार
लिदीका पहिरो पीडित बालबालिकालाई न्यानो ज्याकेट वितरण


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीका पहिरो पीडित बालबालिकालाई जाडोमा न्यानो ज्याकेट वितरण गरीएको छ ।

जुगल गाउँपालिका वडा नं २ लिदी पहिरोबाट विस्थापितहरु अस्थायी रुपमा बासोबास गर्दै आएको बाँसखर्कमा यही साता बाक्लो हिउँ परेसँगै अत्यधिक चिसो बढेपछि नेपाल ख्रीष्टिय राहत सेवा ललितपुरले बुधबार १ सय ४ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल मौसबाट जोगाउन ज्याकेट वितरण गरीएको सहयोगी संस्था एनसीआरएसका कार्यकारी निर्देशक रोमी केसीले बताए ।
लिदीमा गएको साउन ३० गते शुक्रबार बिहान गएको पहिरोले बिस्थापितहरु अझै पनि अस्थायी रुपमा बासखर्कमा बसोबास गर्न बाध्य छन् । तुषारोले चिसो बढेसँगै चिसो भुँई र टेन्टमा रात बिताउँदा वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा समस्या आइरहेका छ्न ।

सरकारले लिदी पहिरो विस्थापितलाई समयमा नै ध्यान नदिँदा पीडितहरुमा निराशा पलाएको छ भने यता पहिरो प्रभावित बालबालिका शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानी पाउने अधिकारबाट समेत बन्चित हुन परेको छ ।

Nabintech