• १५ चैत्र २०८०, बिहीबार
प्रहरीकै सेटिङमा तस्करी


काठमाडौं । बाराको मुशहर्वा, वलिरामपुर, बरैनिया र छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ ।

बारामा तस्करहरुले बिभिन्न सीमा नाकाहरुबाट तस्करी गर्दै आएको स्थानीयहरुले बताएका छन ।

तस्करहरुले अहिले बाराको बलिरामपुर, मुशहर्वामा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको चौकीका प्रहरीहरुलाई नजराना दिएर दैनिक ५० लाख रुपैयाँ भन्दा बढीको भन्सार छलेर अवैध रुपमा लत्ताकपडा, हार्डवयेर, जुत्ता, गाईभैसी भित्र्याउने गरेका छन ।

प्राप्त समाचार अनुसार हिजो राति बलिरामपुर र मुशहर्वाका केही व्यापारीहरुले १०० गोटा सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रति गाईभैसीको ५०० दरले रकम दिएर नेपाल भित्राएको एक स्थानीयले नाम नछाप्ने शर्तमा जानकारी दिएका छन् ।

बारा जिल्लाको बलिरामपुर, मुशहर्वा, छतवा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले व्यापक चर्चामा रहेपनि बाराका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख कानमा तेल हालेर बस्ने गरेको आरोप लागेको छ ।

बाराको मुशहर्वा, बलिरामपुर नाकाबाट दैनिक लाखौं रुपैयाँको तस्करी भईरहेको छ । तस्करले दिनरात उक्त नाकाबाट दैनिक रुपमा गाईभैसी, सुर्ती, राजनिवास, रजनीगंधा, लत्ताकपडा, कुखुराको चल्ला, हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन् ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछि सरकारलाई दैनिक रुपमा लाखौंको राजश्व घाटा हुँदै आएको छ । यसबाट सुरक्षाकर्मीहरु माथी नै प्रश्न चिन्ह खडा भएको छ ।

बाराको बलीरामपुर, मुशहर्वा र भारतका नामुद तस्करहरुले नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै बारा जिल्लाको परवानीपुर र जीतपुरसम्म पुर्‍याउने गरेको स्थानीयहरुले बताएका छन् ।

Nabintech