बुक विल्डिङ विधिमार्फत् आईपीओ आउँदा कसरी भर्ने ?


काठमाडौं । यतिबेला विभिन्न कम्पनीले आईपीओ निष्कासन गरिरहेका छन् । जसमध्ये भर्खरै नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ बिक्री गरेको थियो ।

बैंकले बिक्री गरेको उक्त आईपीओ अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको आईपीओ थियो । सर्वसाधारण लगानीकर्ताले ५० कित्तासम्म आईपीओ माग गरे अनुरुप नै पाए ।

जसकारण सर्वसाधारणको झनै आईपीओमा चासो बढेको छ । आईपीओ १०० रुपैयाँ अंकित दरमा न्यूनतम दश कित्तादेखि माथि कम्पनीले माग गरे अनुरुप भर्न पाइन्छ । यसैबीच अन्तर्राष्ट्रिय रुपमा निकै नै प्रचलित बुक विल्डिङ विधि नेपालमा पनि लागू हुने भएको छ ।

नेपालमा पनि बुक विल्डिङ विधिबाट कम्पनीले आईपीओ निष्कासन गर्न पाउने भएका छन् । बुक विल्डिङ विधिबाट सबै कम्पनीले आईपीओ निष्कासन गर्न पाउदैनन् ।

बुुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नका लागि कम्पनी पछिल्लो तीन वर्ष यता मुनामा गरेको हुनुपर्दछ । त्यस्तै, प्रतिशेयर नेटवर्थ चुक्ता पुँजीको कम्पनीमा ५० प्रतिशत रहेको, रेटिङ औषतभन्दा वा औषतभन्दा माथि भएका कम्पनीले यस विधिबाट आईपीओ निष्कासन गर्न पाउने व्यवस्था छ ।

यस्ता मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले १०० रुपैयाँ दरमा आईपीओ निष्कासन गर्न गर्दछन् । बुक बिल्डिङमा आवेदन दिन योग्य ६४ योग्य संस्थागत कम्पनीलाई भर्खरै नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

अन्तर्राष्ट्रिय रुपमा बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन भइरहेको छ । तर, नेपालमा भने यो पहिलो अभ्यास हो ।अमेरीकाबाट सुरु भएको यस बुक विल्डिङ विधि हाल भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीन लगायतका देशमा अभ्यासमा आइसकेको छ ।

बुक बिल्डिङको मख्य उदेश्य नै प्राइसिङ फेयरनेस हो । यसैबीच ४ कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारी गरिरहेका छन् । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारीमा सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट रहेका छन् ।

बुक बिल्डिङ विधिर्फत निष्कासन हुने आइपीओ भर्न चाहने नयाँ लगानीकर्ताको लागि लक्षित गरेर यो जानकारी तयार पारेका छौं ।

बैंक खाता खोल्नुहोसः बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने धितोपत्रमा लगानी गर्ने सोच बनाइरहेका लगानीकर्ता बैंक खाता खोल्नु पर्दछ । जस्तै आम नागरीकले आफुसँग भएको पैशा सुरक्षित राख्न बैंक खाता खोल्ने गर्दछन् त्यस्तै बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने आईपीओ खरिद गर्न बैंक खाता अनिर्वाय हुन्छ ।

डिम्याट खाता खोल्नुहोसः डिम्याट खाता त्यस्तो खाता हो जहाँ लगानीकर्ताले खरिद गरेको धितोपत्र अर्थात शेयर जम्मा हुन्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । डिम्याट खाता संचालन गर्न आफ्नो बैंक खाता भएको बैंकमा गएर डिम्याट खाताको लागि आवेदन दिन सकिन्छ । जसपश्चात बैंकले आर्इडी÷पासवर्ड प्रदान गर्दछ ।

कहाँ खोल्ने डिम्याट खाता ? तपाईको बैंक खाता जहाँ छ त्यही गएर डिम्याट खाता खोल्न सकिन्छ । अथवा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल ब्रोकर कम्पनीमा गएर पनि डिम्याट खाता खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् ।

सीआरएन नम्बर लिनुहोसः डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक ९डिम्याट खातामा उल्लेख गरिएको बैंक० मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ । त्यसकारण सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिने हुन्छ ।

मेरो शेयर खोल्नुहोसः मेरो सेयर एउटा एप्स हो । मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङबाट जसरी विभिन्न किसिमको कारोकार गर्न मिल्छ त्यस्तै मेरो शेयरबाट घरमै बसेर आईपीओ भर्न सकिन्छ । आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले उपलब्ध गराएको हुन्छ ।

मेरो शेयरको युजरनेम र पासर्ड कसरी लिने ? जुन बैंकमा तपाईको खाता छ सोही बैंकमा डिम्याट खाता र मेरो सेयरको लागि आवेदन दिइसके पश्चात तपाईलाई बैंकले इमेल मार्फत मेरो शेयरको युजरनेम र पासर्ड प्राप्त हुनेछ । जसपश्चात तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ ।

मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ ।

बुक बिल्डिङ बिविबाट आईपीओमा लगानी गर्नको लागि माथिका प्रक्रिया पुरा गरेपछि घरबाटै सजिलै आवेदन दिन सकिनेछ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ ।

बुक बिल्डिङ बिधिबाट आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । उक्त शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा पुनः फिर्ता हुनेछ ।

Nabintech