• १३ बैशाख २०८१, बिहीबार
अलराउण्डर शकिबको स्थानमा सौम्या सरकार


काठमाडौं । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टका लागि सौम्या सरकारलाई टिममा समावेश गरेको छ ।अलराउण्डर शकिब अल हसन चोटको कारण टिम बाहिर रहेपछि बंगलादेशले सौम्या सरकारलाई टिममा बोलाएको हो ।

घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजसँग दुई टेस्टको सिरिज खेलिरहेको छ । सिरिजमा बंगलादेश १–० ले पछि रहेको छ ।

पहिलो टेस्टमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ विकेटले हराएको थियो ।दोस्रो तथा अन्तिम टेस्ट फेब्रुअरी ११ मा सुरु हुनेछ ।

उक्त खेल शकिबले गुमाउने छन् शकिबले पहिलो टेस्टको दौरान चोट बोकेका थिए । उनको खुट्टाको फिलामा समस्या देखिएको बताईएको छ । शकिबको स्थानमा अब सौम्या सरकारले दोस्रो टेस्ट खेल्न सक्ने सम्भावना रहेको छ ।

Nabintech