प्रचण्डले कांग्रेसलाई भने,सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको यौगदानलाई गुम्न नदिनुहोस् !


काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त आन्दोलनमा जानका लागि कांग्रेसलाई निम्तो दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाद्वारा बुधबार काठमाडौंमा आयोजित विरोधसभामा अध्यक्ष प्रचण्डले
‘नेपाली कांग्रेस, र जसपा लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक छैन,’ उनले भने, ‘प्रतिनिधि सभा विघटनको कदम सबैले असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालिसकेका छन् । तपाईंहरू भ्रममा नपर्नुस्।’

प्रचण्डले शान्तिप्रक्रिया, गणतन्त्र, संविधान सभा लगायतका सबै कामहरू गिरिजाप्रसाद कोइरालाले गरेको भन्दै कांग्रेस नेता कार्यकर्तालाई रिझाउने प्रयास गरे ।

‘संविधान बनाउने बेलामा पनि सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई त फादर अफ कन्स्टिच्युसन पनि भन्नुहुन्छ तपाईंहरूले । हामीले त्यही संविधान जोगाउन हातेमालो गर्न आग्रह गरिरहेका छौं ।’

प्रचण्डले सभापति देउवालाई संयुक्त आन्दोलनको अवसर गुम्न नदिन आग्रह गरे । ‘यो समय संयुक्त आन्दोलन गरेर केपीको निरङ्कुश कदमलाई खतम गर्ने अवसर हो,’ प्रचण्डले भने, ुयो अवसर गुम्न नदिनुस्, हामी तपाईंसँग हातेमालो गर्न तयार छौं ।’

Nabintech