• १५ चैत्र २०८०, बिहीबार
प्रचण्डले सर्वोच्चलाई दिए धम्की: ‘प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा फैसला नआए देशमा आँधीहुरी आउँछ’


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापनाका पक्षमा फैसला नआए देशमा आँधीहुरी आउने चेतावनी दिएका छन्।
बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनता सडकमा ओर्लिसकेको भन्दै न्यायाधीशहरुले जनभावनालाई हेरेर निर्णय गर्नेमा विश्वास्त रहेको बताएका हुन्। उनले जनभावना विपरितको फैसला आए देशमाआँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका हुन् ।

‘न्यायाधीहहरूले आजको सभास राम्रोसँग देख्नुभएको छ । सबै जाति, समुदाय र क्षेत्रका मानिसले आफ्नो भनाइ राखेका छन्,’ उनले भने, ‘ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने विश्‍वास व्यक्त गर्न चाहन्छु, ढिलो नगरी ।’

प्रचण्डले चेतावनी दिँदै भने,’निर्णय जनताको पक्षमा नआए आँधी हुरी आउँछ। कसैले थाम्न सक्दैन। हामी सानो समूहले विद्रोह गर्दा पहिला के भयो ? अहिले लाखौं जनता सडकमा उत्रे के हुन्छ ?  ‘संविधानको मर्म र भावना विपरित जनताको चाहना विपरित काम भए त्यो नेपाली जनतालाई सह्य हुँदैन। यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए के हुन्छ रु प्रचण्डले प्रश्न गरे।जनभावना विपरित निर्णयहरु भएमा संघर्ष हुने समेत उनले बताए।

ओली समूहमा रहेका दुईजना मन्त्री आफ्नो समूहमा आउन वार्तामा रहेको उनले खुलासा गरे । प्रचण्डले भने, ‘केपी ओलीजी तपाईं कतिन्जेल भ्रममा बाँच्ने हो रु अलिकति आफ्ना लागि ठाउँ राख्ने हो भने राजिनामा दिएर पश्चाताप गर्नुस् ।’

संवैधानिक निकायले ओलीको सनकको भर डराएर फैसला गर्छ भन्नेमा आफूलाई विश्वास नभएको समेत बताए।

 

Nabintech