• ७ बैशाख २०८१, शुक्रबार
रू रू जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि आईपीओ निष्कासन गर्ने


काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि उक्त आईपिओ निष्कासन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।

 

 

Nabintech