• ७ बैशाख २०८१, शुक्रबार
ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुल्ला गरेको आईपीओ आजबाट बन्द हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै निष्कासन कार्यमा संलग्न सम्पूर्ण संकलन केन्द्रह र सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलार्ई माघ २७ गते अर्थात आज बैंकिङ्ग समय पश्चात आवेदन बन्द गर्न निर्देशन दिएको हो ।

कम्पनीले गत २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुल्ला गरेको थियो ।

यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरेको हो ।

कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ ।

Nabintech