बैंकहरुमा कर्जाको माग बढ्दै


काठमाडौं । कोरोनाले महामारीका कारण शिथिल परेको अर्थतन्त्र पुनः चलायमान हुन् थालेको छ । माघ लागेपछि बैंकहरुले आक्रमकरुपमा ऋण विस्तार गरिरहेका छन् । माघको २० दिनमा मात्रै २७ वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ ऋण दिएका छन् । जुन दैनिक औषतमा अढाई अर्ब रुपैयाँभन्दा बढी हुन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ २ गते ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको बैंकहरुको ऋण लगानी माघ २३ गतेसम्म् आइपुग्दा ५२ अर्ब रुपैयाँले बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।

तर, ऋणको तुलनामा निक्षेपको वृद्धिदर भने अत्यत्नै न्यून छ । माघ लागेपछि बैंकहरुले जम्मा ५ अर्ब रुपैयाँ मात्रै निक्षेप बढाएका छन् । जुन दैनिक औषतमा २५ करोड रुपैयाँ हो ।

माघ २ गते ३७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप माघ २३ गतेसम्म् आइपुग्दा जम्मा ५ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

कोरोनाले थलिएको अर्थतन्त्र जुर्मुराउन थालेपछि ऋणको माग बढेको बैंकरहरु बताउँछन् । आगामी केही साता निक्षेप संकलन र कर्जा प्रवाहको अवस्था यस्तै रहे अधिक तरलता समाप्त हुने देखिन्छ । तरलता टाइट भएपछि बैंकको ब्याजदर बढ्ने सहजै अनुमान गर्न सकिन्छ ।

Nabintech