• १३ बैशाख २०८१, बिहीबार
११ प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास कोरोना कहरको बीचमा समेत नघटेको रेमिट्यान्स दोस्रो त्रैमासम्म आईपुग्दा ११ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्ममा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। जुन अधिल्लो वर्षको तुलनामा गतवर्षकोभन्दा ११.१ प्रतिशतले धेरै हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

नेपालबाट विदेशिने नेपाली कामदारहरुको संख्या घट्दै गएको भए पनि बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स भने बढ्दै गएको छ।

 

Nabintech