• १४ बैशाख २०८१, शुक्रबार
शेयरबजारमा उछालः ३७.४८ अंकले बढ्यो बजार, प्रभु बैंकको सर्वाधिक कारोबार


काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारले नयाँ(नयाँ रेकर्ड बनाउन थालेको छ । आज९सोमबार० पनि सेयर बजारले नयाँ रेकर्ड राखेको छ ।

आज नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४७ अंकमा पुगेको हो । नेप्से १.४८ प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ७।२८ अंकले बढेर ४६६.६० अंकमा पुगेको छ ।

कुल २ सय ५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७२६ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब १७ करोड ६५ लाख ९१ हजार ३२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ५ वटा उपसमूहको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५८ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

Nabintech