• १४ बैशाख २०८१, शुक्रबार
उपेन्द्र यादवलाई गगन थापाको कटाक्ष– मन्त्रीको लोभमा लाइन लागेर ओलीलाई भोट किन हालेको ?

भ्रष्टाचारको मामिलामा प्रदेश २ सरकार केन्द्रको फोटोकपी



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मन्त्री पदको लोभमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा भोट हाल्ने उपेन्द्र यादवलाई अहिले ओलीको विरोध गर्ने अधिकार नभएको बताएका छन् ।

नेपाली कांग्रेसले पर्साको वीरगञ्जमा आइतवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले मधेसको मसिया दावी गर्ने उपेन्द्र र राजेन्द्र महतोले नै ओलीलाई संसदमा दुईतिहाइ पुर्याइदिएको आरोप लगाएका हुन् ।

‘ओलीको प्रवृत्ति उदय हुने कुराको प्रचण्ड र माधव नेपाल मात्र होइन जिम्मेवारीको बोझ उपेन्द्रले पनि बोल्नु पर्छ । ओलीको खिलाफमा हामीले मत हाल्दै गर्दा, नेकपालाई कसले पुर्याइदिएको तथाकथित मधेसवादीले पुर्याइदिएको होइन र? किन पुराइएको र?’

थापाले प्रश्न गरे, ‘मधेसको मसिया बनेका उपेन्द्र र राजेन्द्र महतोले मन्त्रीको लोभमा लाइन लगाएर भोट किन हालेको ?’

केन्द्र सरकारले संघीयता विरोधी कानून बनाउँदा उपेन्द्र साक्षी बसेको आरोप थापाले लगाए । ‘संघीयता विरोधी कानून भटाभट पारित हुदा त्यो क्याबिनेटको सबभन्दा वरिष्ठ मन्त्री को हुनुहुन्थ्यो ? मन्त्रीको लोभले बोल्न सक्नु भएन’ थापाले भने ।

नेता थापाले प्रदेश २ को सरकार भ्रष्टाचारको मामिलामा केन्द्रको फोटोकपी भएको आरोप लगाए ।

Nabintech