• १४ बैशाख २०८१, शुक्रबार
नेपाल राष्ट्र बैंकले दुई अर्बको रुपैयाँको नागरीक बचतपत्र निष्कासन गर्ने, ब्याजदर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्बको रुपैयाँको ‘नागरीक बचतपत्र २०८२’ नामक बचतपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले ९ प्रतिशत ब्याजदर दिने गरी उक्त बचतपत्र निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकले ६/६ महिनामा ब्याजदिने गरी उक्त बचतपत्र पाँच वर्षे अवधिको हुनेछ ।

लगानीकर्ताले घटिमा १० हजार र बढिमा कूल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग जाने अंक खरिद गर्न पाउँनेछन् । बैंकका अनुसार सो बचतपत्रमा नेपाली नागरीकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ।

उक्त बचतपत्र माघ २७ देखि १८ फागुनसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम निष्काशन मिति भने फागुन २५ तोकिएको छ। बैंकले २५ फागुन २०८२ मा साँवा भुक्तानी हुने मिति तय गरेको छ। बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ।

नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन्।

 

Nabintech