प्रधानमन्त्री ओलीले विरोधपत्र नबुझेपछि अनेरास्ववियुले बनायो विरोधपत्रकै ब्यानर


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षधर अनेरास्ववियुले विरोधपत्रकै ब्यानर प्रर्दशन गरेको छ ।

आइतबार अनेरास्ववियुले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिएपछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियुले हनुमानथानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले देश गम्भीर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भए पनि समय नदिएकोमा आपत्ति जनाए । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रदर्शन गरिने सहसंयोजक तामाङले बताए ।

अनेरास्ववियुले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।

Nabintech