आम हड्ताल गर्न दाहाल-नेपाल समूहले उपत्यकामा तोक्यो कमाण्डर (सूचीसहित)


काठमाडौँ  । बिहीबार नेकपाको दाहाल-नेपाल समूहले देशव्यापी आमहड्ताल आह्वान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै दाहाल नेपाल समूहले आमहड्ताल आह्वान गरेको जनाएको छ ।

दाहाल नेपाल समूहले हड्ताल सफल बनाउन उपत्यकाका मुख्य स्थानका लागि कमाण्डर नै तोकेको छ । यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो ।

को नेता कहाँ कमाण्डर ?

कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु : बेदुराम भुसाल
सातदोबाटो : देव गुरुङ
पुल्चोक: पम्फा भुसाल
कोटेश्‍वर: लीलामणि पोखरेल
चाबहिल:वर्षमान पुन र हरिबोल गजुरेल
नारायणगोपालचोक महाराजगञ्‍ज : शक्ति बस्‍नेत
गोंगबु:भीम रावल
बालाजु : रघुजी पन्त
रत्‍नपार्क : प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा

Nabintech