• १५ चैत्र २०८०, बिहीबार
 सरकारको गुण्डाराज र फासीवादविरुद्ध बाध्यताबस आमहड्ताल गर्नुपर्यो: प्रचण्ड-नेपाल

आमहड्तालमा के–के खुल्छ के–के बन्द हुन्छ ? (विज्ञप्तिसहित)



काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाएका छन् ।

बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताएका हुन् ।

उनले आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको बताए ।‘सरकारले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक परिषदमा बलमिच्याँइ गरेको छ । यो निरकुशतन्त्रको पराकाष्ठा हो’,श्रेष्ठको भनाइ छ ।

त्यस क्रममा नेता श्रेष्ठले आमहड्तालमा विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने पनि प्रष्ट पारे । उनले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए । उनले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनपछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ ।

Nabintech