दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै


काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर दाहाल-नेपाल समूहले काठमाडौँको मृकुटीमण्डपमा विशाल शक्ति प्रदर्शन गर्न लागेको हो ।

सभालाई दाहाल-नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् । बाहिर जिल्लाबाट समेत कार्यकर्ता ल्याएर आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता काठमाडौँमा उतार्ने दाहाल नेपाल समूहले जनाएको छ । शक्ति प्रदर्शनका लागि शुक्रबार बिहानैदेखि बाहिर जिल्लाबाट कार्यकर्ता आउन थालेका छन् ।

उपत्यकाका माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका ठाउँबाट निकालिएको जुलुस भृकुटीमण्डप पुगेर विशालसभा परिणत हुनेछ ।

त्यसअघि विभिन्न ठाउँबाट आएका जुलुस रत्पार्कमा एकिकृत भएर मूल जुलुसमा परिणत भइ भृकुटीमण्डपतर्फ जानेछ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सोविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेपनि दाहाल-नेपाल समूहले भने सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।

Nabintech