• ११ बैशाख २०८१, मंगलवार
प्रचण्डलाई ओलीको कटाक्ष:छोरीलाई मेयर बनाउनै पर्‍यो,मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो ! बाबु त यस्तो होस् !

देश बनाउन भनेर द्धाका छोराछोरी जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निसन्तान हुनुमा हीनताबोध नभएको तर प्रचण्डले आफ्ना छोरीज्वाइँलाई अवसर दिएर आफ्नो आह्वानमा जीवन दिने योद्धाका छोराछोरीको बिजोग बनाएको आरोप लगाएका छन् ।

प्रेस संगठन नेपालको ओली पक्षीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले परिवारवाद र नातागोताको कुरा गर्दा आफूलाई केपी ओलीका छोराछोरी छैनन् भनेर प्रचण्डले जवाफ दिएको भन्दै कटाक्ष गरेका हुन् ।

ओलीले भने, ‘केपीका छोराछोरी छैनन्, मेरा त छोरी छन् ज्वाइँ छन् हेर्नै पर्‍यो । छोरीलाई मेयर बनाउनै पर्‍यो, मतले नपुगे मतपत्र च्यात्नै पर्‍यो । ज्वाइँलाई घरघडेरी किन्दिनै पर्‍यो । मेरा त सन्तान छन् दिन्छु भनेछन् एकजनाले । गज्जब बहादुर हो । सुसुरो होस् त्यस्तो होस् ।’

ओलीले आफूले देशका सबै केटाकेटीलाई आफ्नै सन्तान मानेको भन्दै ओलीले आफू निसन्तान हुनुमा हर्ष वा विस्मात नरहेको बताए । तर प्रचण्डलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी कहाँ छन् रु भनेर प्रश्न गर्दै ओलीले ज्यान दिने बेला आफ्ना छोराछोरी विदेशमा राखेको टिप्पणी गरे ।

प्रधानमन्त्रीले भने– उहाँलाई त्यो ठाउँमा पुर्याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् रु उनीहरुका ज्वाइँ छन् कि छैनन् रु ज्यान दिने बेला जनताका छोराछोरी चाहियो,लड्ने बेला आफ्ना छोराछोरी विदेशमा राख्ने अनि तर मार्ने बेला मेरा त छोराछोरी छन् भन्ने ? जनताका छोराछोरी खेलाउने पुतली हुन् ? उनीहरुको अवस्था के छ ?

केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरीहरु छन्, ज्वाइँहरु छन्, हेर्नैपर्‍यो । बनाउनैपर्‍यो । छोरी भएका मान्छेले त मेयर बनाउनै पर्‍यो । बनाउन भोटले पुगेन भने मतपत्र च्यात्नैपर्‍यो । ज्वाइँ छन्, के गर्ने अब घर किन्दिनै पर्‍यो, घडेरी किन्दिनै पर्‍यो । घर किन्दिनैपर्‍यो । पद ओहोदा दिनैपर्‍यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जप हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जप हो !

एउटा कुरो म उहाँलाई सम्झाउँछु । मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई म आफ्नै केटाकेटी ठान्छु । मेरा आफ्नै केटाकेटीका लागि मलाई केही गर्नु छैन, त्यसमा मलाई न गौरब, न हर्ष, न विस्मात्, केही पनि छैन । तर, म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोरीहरु छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो । अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने ?

अरुका पनि त छोराछोरी हुन् । अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हातखुट्टा हुन् । अरुका छोराछोरीका पनि टाउका हुन् । अरुका छोराछोरीका पनि ज्यान हुन् । त्यो चाहिँ काठको बनाएको हो ? भाँचे पनि हुन्छ ? फुटाए पनि हुन्छ ? जे गरे पनि हुन्छ ? अरुका छोराछोरी के खेलाउने पुतली हुन् ? पसलमा बेच्न राखेका पुतली ? त्यति पनि भाऊ छैन जनताका छोराछोरीको ? तिनको हालत के छ ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ अरे ! अरु हेर्नुपर्छ कि पर्दैन ? देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?

खैर, मलाई उहाँहरुसँग दन्तबझान गर्नु छैन । कालो झण्डा गाडेर बस्नुभाको छ । काला बेलुन उडाउनुभएको छ । काला सपना देख्नुभाको छ । कालो मनसाय लिनुभको छ । मैले के भन्नु ?

Nabintech