• १४ बैशाख २०८१, शुक्रबार
चुनावको विरोधमा उत्रिएको दाहाल–नेपाल पक्ष पनि निर्वाचन आयोगको छलफलमा सहभागी

अदालतमा मुद्दा विचाराधीन भएपनि चुनावको तयारी रोक्न मिल्दैन: आयोग



काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरीएको वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावलीसम्बन्धी प्रस्तावित कार्यक्रमबारे छलफल गरेको छ ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव पनि गरेको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको छ । अदालतमा मुद्दा विचाराधीन भएपनि चुनावको तयारी रोक्न नमिल्नेआयोगका प्रवक्ता राज कुमार श्रेष्ठले बताए ।

प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने सरकारको निर्णयको विरोधमा उत्रिएको नेकपा दाहाल–नेपाल पक्ष पनि छलफलमा सहभागी भएको छ । दाहाल–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने बताए ।

यता नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचनको लागि नेपाली कांग्रेस तयारीमा अवस्थामा बस्नुपर्ने बताए ।
ढुंगानाले भने, ‘सभापतिज्यु भनिराख्नुभएको छ, हामी पनि भनिराख्या छौं,’अब अदालतले गरेर संसद पुनर्स्थापना हुन्छ भने स्वीकार गछौं । होइन भने जनताको प्रतिनिधित्व गर्ने संसद नभएको अवस्थामा यो देशलाई अन्योलतामा पुर्याउन भएन नि । निर्वाचन हुन्छ भने निर्वाचनमा कांग्रेस जान्छ’ ।

बैठकपछि उक्त छलफलमा मतदाता नामावली अध्यावधिक, मतदानस्थल र मतदान केन्द्रलगायतका निर्वाचनका तयारीको विषयमा छलफल भएको छ । छलफलमा विभिन्न १४ वटा राजनीतिक दलका प्रतिनिधि सहभागी भएका थिए ।

Nabintech