• १४ बैशाख २०८१, शुक्रबार
‘शाकाहारी आन्दोलनले पुग्दैन,यसपटक लाठी खान मन छ’ :प्रचण्ड


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका मानिसहरूले अदालत, आयोगमा सेटिङ छ भन्दै हिँडेकाले उनीहरूविरूद्ध शाकाहारी आन्दोलनले नपुग्ने बताएका छन् ।

अनेरास्ववियूले आइतबार आयोजना गरेको वाग्मती प्रदेशस्तरीय कार्यक्रममा प्रचण्डले युवा-विद्यार्थीलाई आक्रामक बन्न उत्तेजित बनाएका हुन् ।

विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताए ।

उनले भने ‘प्रतिक्रान्तिकारी कदम, प्रतिगमनविरूद्ध आफू टाउको फुटाउन तयार रहेको बताउँदै यसपटक शाकाहारी आन्दोलनले नपुग्ने बताएका हुन् । “यसपटक शाकाहारी आन्दोलनले पुग्दैन, यस्ता आन्दोलन पार्टीभित्र कति गरियो कति,”।

प्रज्ञा भवनमा गर्जिदै उनले भने– मलाई यसपटक किन किन टाउको चिलाएको छ, उहिले गिरिजाबाबु जस्तै आन्दोलनको अगाडि जान्छु । यसपटक लाठी खान मन छ, आन्दोलन आक्रामक बनाउनुस्।

उनले यसपटक नागरिक अगुवा, पत्रकार सबैको साथ सहयोग पाएको बताउँदै आन्दोलनका लागि उर्वर समय भएको पनि औंल्याए ।

Nabintech