पल्सर स्पोर्ट्स अवार्ड २०७६: कुन विधामा कसले जिते अवार्ड?


नेपाल खेलकुद पत्रकार मञ्चले सदाझैँ यो वर्ष पनि गत वर्षको खेल प्रस्तुतिका आधारमा पल्सर स्पोर्ट्स अवार्ड वितरण गरेको छ।

मंगलबार कार्यक्रम आयोजना गर्दै मञ्चले २०७६ मा उत्कृष्ट खेल प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडी, प्रशिक्षकबाट विजेतालाई अवार्ड वितरण गरेको हो।

यो वर्ष १० विधामा विजेतालाई अवार्ड प्रदान गरिएको हो। यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष/महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी नौ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीले पल्सर स्पोर्ट्स अवार्ड पाएका छन्।

त्यस्तै यसपटक अवार्ड वितरण समारोहमा मलेसियाका खेल पत्रकार अहमद खवारी महमद इसालाई पनि सम्मान गरिएको थियो।

कुन विधामा कसले जिते अवार्ड?

No description available.

टिम अफ दि इयर अवार्ड महिला भलिबल टोलीलाई
गत वर्ष २ ठूला ऐतिहासिक उपलब्धि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीले टिम अफ दि इयर विधामा पल्सर स्पोर्ट्स अवार्ड जितेको छ। मंगलबार आयोजना गरिएको पल्सर स्पोर्ट्स अवार्डमा महिला टोली टिम अफ द इयर घोषित भएको हो।

गत वर्षको कात्तिक र मंसिरमा महिला टोलीले ठूला सफलता हासिल गरेको थिए। कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्णपदक जितेको नेपाली टोलीले पहिलो पटक स्वर्ण स्वदेश भित्र्याएको थियो। च्याम्पियनसिपमा एक सेट पनि नगुमाएको नेपालले अपराजित यात्रा पार गर्दै फाइनलमा माल्दिभ्सलाई हराएको थियो। त्यो स्वर्ण नेपाली भलिबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो।

यस्तै मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले रजत पदक जितेको थियो। ३७ वर्षे साग इतिहासमा नेपाली महिला टोलीले रजत पदक जितेको त्यो पहिलो हो। नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो। नेपालले कुनैपनि प्रतियोगितामा भारतलाई सेटले हराएको पनि पहिलो पटक हो।

सोही सफलताका कारण अरुणा शाहीको कप्तानीमा रहेको महिला टोली गत वर्ष एफआइभिबीको विश्व वरियताको ८६ औं स्थानमा उक्लन सफल भएको थियो।

Image may contain: 1 person, playing a musical instrument, text that says 'BAJAJ pidsar Award 2076 Sport Powered By ACTION SPORTSHD'

पारा एथलेटतर्फ दिगमसिंह चेम्जोङले पाए अवार्ड
पारा क्रिकेट टोलीका कप्तान, बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङले पारा एथलेट अवार्ड प्राप्त गरेका छन्।

पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा चेम्जोङ सम्मानित भएका हुन्। ह्विल चियर क्रिकेटमा उनले पाकिस्तानको कराँची इगल्सबाट खेलेर पहिलो ब्यवसायिक नेपाली पारा खेलाडी बनेका छन्।

नेपालमा गतवर्ष भएको एसियाली ह्विल चियर क्रिकेटमा उनले अलराउन्ड प्रदर्शन गरेका थिए। गतवर्ष पोखरामा भएको पारा टेबल टेनिसमा उनले रजत पदक जितेका थिए।

२१ वर्षको उमेरमा वैदेशिक रोगजारीका लागि कतार पुगेका दिगम ठुलो सडक दुर्घटनामा परेका थिए। ११ महिनाको लामो अस्पताल बसाई पछि २०६६ सालमा स्वदेश फर्केका उनले पारा खेलाडी बन्ने उदेश्य बनाइसकेको बताएका थिए।

Image may contain: 1 person, standing, text that says 'BAJAJ piulsar Award 2076 Powered By ACTION SPORTSHD'

भलिबलकी अरुणा शाहीले जितिन् पिपल्स च्वाइस अवार्ड
नेपाल खेलकुद मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस विधामा महिला राष्ट्रिय भलिबल टोलीकी अरुणा शाहीले अवार्ड जितेकी छिन्।

उनले मण्डेकाजी श्रेष्ठलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन्।

यो अवार्ड विधाको मनोनयनमा अरुणा शाही (भलिबल), गौरिका सिंह (पौडी), मण्डेकाजी श्रेष्ठ (कराते), साबित्रा भण्डारी साम्बा (फुटबल), सदिना श्रेष्ठ (बास्केटबल) परेका थिए।

भोटिङको आधारमा शाहीले सर्वाधिक भोट ल्याउँदै अवार्ड जितेकी हुन्।

अरुणाले सर्वाधिक ३७.५२५ प्रतिशत, मण्डेकाजी श्रेष्ठले २८.४५७ प्रतिशत, सदिना श्रेष्ठले १३.४९९ प्रतिशत, गौरिका सिंहले १३.३०१ प्रतिशत र सावित्रा भण्डारीले ७.२१८ प्रतिशत मत हात पारेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

sijran shaha 223

टेबल टेनिसका सिजरन र गीताले पाए ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
पल्सर स्पोर्टस् अवार्डको १७ औं संस्करणमा टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्री पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता शाह र क्षेत्रीलाई सो अवार्ड प्रदान गरेको हो।

तीन दशक अघि (सन् १९९१) मा आयोजना भएको पाँचौं सागमा यो जोडीले टिम इभेन्ट्समा स्वर्ण पदक जितेको थियो। महिला टिम इभेन्ट्समा नेपाली खेलकुद इतिहासकै त्यो एक सर्वकालीन गौरवको उपलब्धि हो। श्रीलंकाको कोलम्बोमा क्षेत्री र शाहले दिलाएको त्यो उपलब्धि साग खेलकुदमा महिला खेलाडीले देशका लागि नेपालका पहिलो स्वर्णपदक हो। दक्षिण एसियालको पावर हाउसका रुपमा स्थापित भारतका खेलाडीलाई हराउँदै उनीहरुले स्वर्ण पदक जितेका थिए।

तेस्रो सागदेखि नेपालको प्रतिनिधित्व गरेकी शाहले सातौं सागसम्म खेलेकी थिइन्। आफ्नो खेल जीवनमा उनले ८ पदक जितेकी थिइन्। सागमा स्वर्णसहित ६ पदक जितेकी क्षेत्रीले भने स्वर्ण जितेपछि खेलिनन्। शाह र क्षेत्रीको सफलतापछि अहिलेसम्म सागमा नेपालले स्वर्ण पदक जित्न सकेको छैन।

No description available.

‘स्पेसल अवार्ड’ तेक्वान्दोकी आयशा र एथ्लेटिक्सकी सन्तोषीलाई
तेक्वान्दोकी दोहोरो स्वर्णपदक विजेता आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको स्पेसल अवार्डबाट सम्मानित भएका छन्। नेपाल खेलकुद मञ्चले हरेक वर्ष उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्ने गर्दछ।

आमा बनेपछि खेल जीवनबाट टाढा रहेकी आयशाले दुई सन्तान जन्माएपछि सागमा दुई स्वर्ण जित्दै इतिहास कायम गरेकी थिइन्। ०७६ को वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेकी थिइन्।

सन्तोषीले सागमा एथलेटिक्समा १० हजार मिटर दौडमा स्वर्ण, आठौं राष्ट्रिय खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण, १५ सय मिटर दौडमा रजत र १० हजार मिटर दौडमा कास्य पदक जितेकी थिइन्।
वीर गणेशमान सिंह १० किमी रोडरेसमा स्वर्ण, नेवाः च्यारिटी धरान १० किमी रनमा स्वर्ण, कान्तिपुर हाफ म्याराथन (२१ किमी) मा रजत पदक जितेकी थिईन्।

स्पेसल अवार्ड विजेता खेलाडीले जनही ५० हजार रुपैयाँ र अन्य गिफ्ट ह्याम्पर पाएका छन्।

navin shresth taequando pulsar award2

‘वर्ष उत्कृष्ट प्रशिक्षक’ बने तेक्वान्दोका नविन श्रेष्ठ
तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। पल्सर स्पोर्ट्स अवार्डमा श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आफ्नो पोल्टामा पारेका हुन्।

मनोनयनमा परेका अन्य ४ प्रशिक्षकलाई पछि पार्दै उनी उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। श्रेष्ठसँगै उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए।

श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाई सर्वाधिक १३ स्वर्ण दिलाएका थिए।  तेक्वान्दोबाट साग खेलेका सबै २९ खेलाडीलाई पदक दिलाउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए। सागमा नेपालकातर्फबाट तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कास्य पलक जितेको थियो।

उनी चाइना इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका मुख्य प्रशिक्षक समेत रहेका थिए।

subas tamang gulfer 435

वर्ष युवा खेलाडीमा गल्फका सुवासको बाजी
घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता गल्फका सुवास तामाङ एनएसजेएफ पल्सर स्र्पोर्टस् अवार्डको वर्ष युवा खेलाडी बनेका छन्।

सुवासले वर्ष खेलाडीको मनोनयनमा परेका तेक्वान्दोका भुपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै वर्ष युवा खेलाडी बन्न सफल भएका हुन्।

वर्ष खेलाडी बनेका सुवासले ५० हजार रुपैयाँ र केल्मी नेपाल र डिस होमबाट अन्य गिफ्ट ह्याम्पर पाएका छन्। सुवासले गतवर्ष भएको सागमा सुवासले व्यक्तीगत र समुहमा गरि दुई स्वर्ण पदक जितेका थिए। गल्फले सागमा पहिलो पटक स्वर्ण जिताएका थिए।

२०७६ को बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा टिम स्पर्धामा रजत पदक जितेका थिए। यस्तै फाल्डो सिििरज छनोट ०७६ मा च्याम्पियन र सुर्य नेपाल प्रिमियर लिगमा च्याम्पिनय बनेका थिए।

gaurikaaa d

वर्ष महिला खेलाडी बनिन् पौडीकी गौरिका
पौडीकी गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला खेलाडी घोषित भएकी छन्। विजेता गौरिकाले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेकी छन्।

जलपरी गौरिकाले गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ४ वर्ष पदक जित्दै तेक्वान्दोका ओलम्पियन दिपक विष्टसँगको किर्तिमान बराबर गरेकी थिईन्।

सागमा उनले ४ स्वर्ण, दुई रजत र तिन कास्य पदक जित्दै सर्वाधिक पदक विजेता खेलाडी बनेकी थिईन्। गत वर्षको वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा पौडीका सबै १२ स्पर्धामा स्वर्ण पदक जितेकी थिईन्।

महिला वर्ष खेलाडीमा पौडीकी गौरिकासँगै करातेका अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए। गौरिका पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेकी छिन्।

No description available.

वर्ष पुरुष खेलाडीको अवार्ड जिते मण्डेकाजीले
करातेका दोहोरो स्पर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष पुरुष खेलाडी घोषित भएका छन्। वर्ष पुरुष खेलाडी बनेका मण्डेकाजीले एक थान पल्सर मोटरसाइकल पाएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले हरे वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा यो वर्ष मण्डेले ४ खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन्। मण्डेसँगै फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङ मनोनयनमा पारेका थिए।

मण्डेले गत वर्ष घरेलु मैदानमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा (एकल, टिम काता) दोहोरो स्वर्ण जितेका थिए। २०७६ कौ वैशाखमा प्रदेश ५ को नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत पदक जितेका थिए।

बगंलादेशमा भएको साफ च्याम्पियनसिपमा एकल कातामा कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए। मण्डेकाजी पुरुष वर्ष खेलाडीसँगै पिपुल्स च्वाईस अवार्डको मनोनयनमा पनि परेका थिए।

Nabintech