पृथ्वी जयन्तीको अवसरमा आदर्श नव युवा क्लवले बृहत रक्तदान कार्यक्रम गर्दै


धनगढी । दुई सय ९९ औं पृथ्वी जयन्तीको अवसरमा बृहत्त साताव्यापी रक्तदान सप्ताह कार्यक्रम आयोजना हुने भएको छ ।

धनगढीको हसनपुरमा अवस्थित आदर्श नव युवा क्लवले कोरोना महामारीका बेला भइरहेको रगत अभाव लाई मध्यनजर गर्दै साताव्यापी रुपमा रक्तदान कार्यक्रमको आयोजन गर्न लागिएको क्लवका अधयक्ष निराजन खड्काले बताउनुभयो ।

नगरपालिका रोड स्थित फल्याटल्याण्ड परिषरमा साताव्यापी रुपमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागि हुन पनि अध्यक्ष खड्काले आग्रह गर्नुभएको छ ।

रक्तदान कार्यक्रम पौष २७ गते बाट सुरु भइ माघ ४ गतेसम्म सञ्चालन हुने छ । रक्तदान गर्न इच्छुक व्यक्ति विहान ११ बजे देखि दिउसो २ बजेसम्म रक्तदान गर्न सकिने क्लवले जनाएको छ ।

Nabintech