• १६ चैत्र २०८०, शुक्रबार
‘केपी ओलीको ठाउँमा म भएको भए अविश्‍वासको प्रस्ताव दर्ता गर्नुअघि नै राजीनामा दिन्थें’:वामदेव गौतम


काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताउनुभएको छ ।

राष्ट्रियसभा बैठकमा पहिलोपटक सहभागि हनुभएका गौतमले अविश्वासको प्रस्ताव आउँदा ओलीको ठाउँमा आफू भएको भए के गर्थे होला भनेर सोच्दा सो प्रस्ताव दर्ताअघि नै पदबाट राजीनामा दिने निर्णयमा पुग्ने बताउनुभएको हो ।

गौतम भन्नुभयो, “अविश्वासको प्रस्ताव आउला भन्ने सोचेको थिइनँ । आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकता बचाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ,”

त्यस्तै, उहाँले प्रतिनिधिसभा विघटन गर्दा प्रधानमन्त्री ओलीले आफूलाई नसोधेको पनि बबताउनुभयो । प्रतिनिधिसभा विघटन गर्दा आफूले असंवैधानिक भनेको भन्दै अहिले संवैधानिक इजलासमा विचाराधीन रहेकाले आफूले सोबारे टिप्पणी नगरेको बताउनुभयो ।

राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताउनुभयो । “प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,” उहाँले भन्नुभयो,“प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।”

गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताउनुभयो । “आज म खुसी हुनुपर्ने हो, तर छैन ।” गणतन्त्र स्थापना र कम्युनिस्ट पार्टीको एकता गर्ने आफ्नो जीवनको उद्देश्य पूरा भए पनि अहिले नेकपामा विभाजन देखिएको भन्दै आफु दुखी भएको बताउनुभयो ।

त्यस्तै, उहाँले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पार्नुभयो । पार्टी एकता तीन वर्षमै विभाजन गर्नु थियो भने एकता किन गर्नुपर्थ्यो रु भन्दै उहाँले प्रश्न पनि गर्नुभयो। उहाँले नेकपा विभाजनको औचित्य नरहेको पनि बताउनुभयो ।

Nabintech