अर्थमन्त्री खतिवडाकोे शुक्रबार साँँझ नै राजीनामा दिने घोषणा


काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले राजीनामा दिने घोषणा गर्नभएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गर्नभएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठले बिहीबार राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही प्रस्ताव मन्त्रीपरिषद वैठकले स्वकृत गरेको थियो ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेसंगै खतिवडाको सांसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो । त्यससँगै खतिवडाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।

Nabintech