काठमाडौं उपत्यकामा खुकुलो बनाइएको निषेधाज्ञामा,के खोल्न पाइन्छ ,के खोल्न पाइदैन् ? हेर्नुहोस् (सूचिसहित )


काठमाडौं । काठमाडौं उपत्यकाका तेस्रो पटक थप गरीएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रलाई केही खकुलोसहितको निषेधाज्ञालाई जारी राख्न सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारीहरुको उक्त सुझाव अनुसार भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरीएको छ । तर अघिल्लो हप्ताहरुजस्तो कडा नभइ केही खुकुलो बनाइएको छ ।
अब निषेधाज्ञामा विहान ११ बजेसम्म खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछारमासु, बिक्री गर्ने पसल खोल्न पाइनेछ । औषधी र पानीको पसल भने दिनभर खोल्न पाइनेछ ।

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल दिउँसो २ देखि राति ९ बजेसम्म खुल्ने भएको छ । छोटो दूरीको ढुवानीका लागि प्रयोग हुने सवारी साधन पनि दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।

 

 

Nabintech