• १४ बैशाख २०८१, शुक्रबार
भागवत गीता छोएर पार्टी नफुटाउने कसम खाएका राप्रपाका अध्यक्षत्रय चुनाव चिन्ह्र ‘गाई’ कि ‘हलो’ मै अड्किए !

चुनावचिन्हको टुंगो नलाग्दा निर्वाचन आयोगमा दल दर्ताको काम नै प्रभावित



काठमाडौं । गएको फागुन २८ मा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा एव् डा.प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)बीच पार्टी एकता भयो ।

तर एकता भएको ७ महिनासम्म पनि चुनाव चिन्ह के राख्ने भन्ने विषयमा विवाद हुदा निर्वाचन आयोगमा दल नै दर्ता हुन् सकिरहेको छैन् । एकिकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन आयोगमा पार्टी दर्ताका लागि पार्टीभित्र अन्तिम गृहकार्य चहिरहेको छ। राप्रपाद्वारा एकताको आधारपत्रलाई व्याख्या र विवादित विषय टुंग्याउन ६ सदस्यीय कार्यदलले समेत बनाइएको थियो। कार्यदलले चुनाव चिन्ह बाहेकका विषयमा मोडामोटी खाका तयार पारेर निर्णय गर्ने अधिकार तीन अध्यक्ष (थापा–राणा–लोहनी) लाई नै दिइएको छ ।

कार्यदलले तयार पारेको प्रतिवेदन र चुनाव चिन्हका विषयमा अध्यक्षत्रय थापा, राणा, लोहनीबीचको छलफल भइ टुगिंने छ। चुनावचिह्न ६ महिनाभित्र उपयुक्त निकायबाट टुंगो लगाउने जनाइएको थियो । पार्टी एकता हुँदादेखि विवाद देखिएको निर्वाचन चिन्हका विषयमा सहमति हुन सकिरहेको छैन् ।
राप्रपामा कमल थापा समूह जसरी पनि गाईलाई नै चुनाव चिन्ह बनाउनु पर्ने अडानमा छ भने राणा–लोहनी समूह हलोको पक्षमा रहेको छ । पार्टी एकता हुँदा थापा नेतृत्वको राप्रपाको चिन्ह ‘गाई’ र राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तको चुनाव चिन्ह ‘हलो’ कायम थियो । अहिले राप्रपामा पार्टी एकता हुँदा थाती राखिएको चुनाव चिन्ह विवाद फेरि बल्झिएको हो ।

राप्रपाका दुई समूहवीच एकीकरण भइसकेपनि चुनावचिन्ह टुंगो नलाग्दा निर्वाचन आयोगमा एकीकरणपछिको दल दर्ता प्रक्रिया टुंगोमा पुगेको छैन । जबकी यही भदौ मसान्तसम्म राप्रपाले निर्वाचन आयोगमा आवश्यक कागजात बुझाइसक्नु पर्नेछ । कार्यदलका सदस्य दिपक बोहोराका अनुसार झण्डामा सहमति जुटिसकेको छ । तर चुनाव चिन्हमा अझै छलफल जारी रहेको बताउनुभयो । चुनाव चिन्हको टुंगो पनि दुइचार दिनमा टुंगिने नेता बोहोराको भनाइ छ।
पार्टीमा सैद्धान्तिक समस्या छैन ।

राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र संघीयताको विकल्पमा सुदृण स्थानीयतासहित दुई तहको सरकार राज्य संरचनाका विषयमा सहमति भइसकेको छ । चिन्ह र झण्डाको विषयमा पनि विवाद नहुने गरी समाधान भइसकेको राप्रपाका नेता विक्रम पाण्डेको दावी छ। दुई समूहबीचको चुनाव चिन्ह तानातानमा धर्मनिरपेक्षता र हिन्दु राष्ट्रको फ्याक्टर बलियो ढंगले जोडिएको छ।

थापा समूहकै केही नेताको गाई चुनाव चिन्ह राख्दा धर्मनिरपेक्षतावादीको मत पाउन नसकिने तर्क छ । तर अध्यक्ष थापालगायतले भने पार्टीले हिन्दु राष्ट्रको मुद्दा बनाएकाले गाई छोड्दा मुद्दा कमजोर तर्क गरिरहेका छन् ।

Nabintech