• १४ बैशाख २०८१, शुक्रबार
पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन नेविसंघको माग


काठमाडौं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मृल्यवृद्धि फिर्ता गर्न माग गरेको छ।
एकै महिनामा पटक पटक पेट्रोलियम पदार्थमा मुल्य बढाउनु सबै क्षेत्र र वस्तुमा मुल्यवृद्धि गराउनु भएको दाबी गर्दै नेविसंघका महामन्त्री वलदेव तिमल्सिनाले यो कदम तत्काल फिर्ता हुनुपर्ने माग गर्नुभएको छ ।

महामारीले जनताको जीवनयापन अत्यन्तै असहज र कष्टकर भइरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाइ थप पीडा दिन र चुलो बन्द गराउन उद्धत भएको महामन्त्री तिमल्सिनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बिनाकारण पटकपटक गरिएको मुल्यवृद्धि खारेज गरी नेपाल आयल निगम र सरकारकाविरुद्ध निर्णायक दबाबको विकल्प नभएको उल्लेख गर्नुभएको छ ।

नेपाल आयल निगमले मंगलवार पेट्रोलको भाउ फेरि बढाएको हो। १५ दिनअघि मात्रै लिटरमा एक रुपैयाँ बढाएको निगमले मंगलबार रातिबाट लागू हुनेगरी फेरि २ रुपैयाँ बढाएको हो। अब पेट्रोलको भाउ लिटरमा १०७ रुपैयाँ पुगेको छ।

Nabintech