• १६ चैत्र २०८०, शुक्रबार
कालोबजारी गर्ने ठेकेदारलाई कारबाही गर्ने कि,बंगलादेशी प्रधानमन्त्रीलाई फोन गरी युरिया मल माग्ने ?


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन गरी नेपालमा युरीया मल अभाव भएको भन्दै युरीया मल दिन आग्रह गर्नुभएको छ ।
कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको कुरा ट्वीटरमा जानकारी दिनुभएको हो ।

मंगलबार दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनु भएको छ,’ ओलीले लेख्नुभएको छ ।

सरकारले ५ वर्षभित्र ११ लाख १५ हजार मेट्रिक टन युरिया, ८ लाख २० हजार मेट्रिक टन डीएपी र ५५ हजार मेट्रिक टन पोटास मल खरिद गर्नुपर्ने हुन्छ । कृषि मन्त्रालय विगत डेढ महिनादेखि लकडाउनका कारण रासायनिक मलको आपूर्तिमा समस्या भइरहेको बताइरहेको थियो । कोभिड–१९ ले अन्तर्राष्ट्रिय बजारको आपूर्ति प्रणालीमा पारेको असरले समस्या भएको मन्त्रालयको दावी छ । अघिल्लो वर्षको तुलनामा किसानले मागेजति मल पाउन अझै करिब एक महिना लाग्ने कृषि विकास मन्त्रालयका एक अधिकारीको भनाइ छ ।

नेपालमा मल आयात गर्न ठेक्का पाएका ठेकेदारले समयमा मल आयात नर्गदा धानमा हाल्ने रासायनिक मलको हाहाकार भएको हाे । यस्तै स्थानिय तहमा मल आयात गर्न ठेक्का पाएका ठेकेदारले कोरोना महामारीका कारण मल आयात गर्न नसकेकाे बताउछन् । । सरकारले समन्वय गर्न सक्दा मल आयात गर्न नसकेको व्यापारीहरुको भनाइ छ । तर किसानहरुले भने मलाको कालोबजारी भएको गुनासो गरेका छन् ।

 

 

Nabintech