• ७ बैशाख २०८१, शुक्रबार
भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जी कोरोनाभाइरस सङ्क्रमका कारण निधन


काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा सोमवार निधन भएको छ।

उहाँका छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उहँँको निधन भएको ट्वीट गरेर पुष्टि गर्नुभएको छ ।

 


भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।अगस्ट १० मा उनले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताउनुभएको थियो । मुखर्जी केही समयदेखि कोमामा हुनुहुन्थ्यो । उहाँँ सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहनुभएको थियो ।

यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली,भारतीय राष्ट्रपति रामनाथ कोविद, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गर्नुभएको छ ।

 

Nabintech