• ११ बैशाख २०८१, मंगलवार
अपाङ्ग सङ्घलाई मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडको खाद्यन्न सहयोग


काठमाडौं । साङ्गीतिक समूह मेटल फर नेपाल ब्यान्ड अन्डरसाइडले नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रलाई खाद्यन्न वितरण गरेको छ । विश्वव्यापी रूपमा देखा परेको कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण क्रममा गरिएको लकडाउन तथा निषेधाज्ञाले खगेन्द्र नवजीवन केन्द्रमा समस्या भएपछि खाद्यन्न वितरण गरिएको हो ।

संविधानसभा सदस्य समेत रहनुभएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेत्री रत्ना गुरुङको उपस्थितिमा सो संस्थाले चामल, दाल, नुन, चिनी, बेसार, मसला, चला केराउ, राज्मा तरकारीलगायतका खाद्यान्न हस्तान्तरण गरेको हो । अपाङ्ग संघमा हाल ८५ जना अपाङ्गता भएका व्यक्तिहरू आश्रित छन् ।
खाद्यान्न हस्तान्तरण गर्दै संविधानसभा सदस्य गुरुङले नेपाल अपाङ्ग संघमा सरकारले उचित बजेट पठाउँदा पनि व्यवस्थापन समितिले उचित व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।
उहाँले,अशक्त, अपाङ्गलाई पठाएको बजेट, सही सदुपयोग होस्, सरकारले नियमन गरोस्, व्यवस्थापन पक्षले आश्रित सबै अपाङ्गता भएकाहरूलाई सुरक्षित र सहज रूपमा राख्नका लागि पनि सरकाले ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल अपाङ्ग सङ्घकी गृह प्रमुख सूर्य गुरुङले कोरोना सङ्कटको अवस्थामा राज्यले अशक्त अपाङ्गता भएका व्यक्तिहरूको विशेष चासो राख्नुपर्ने धारणा राखनुभयो । उहाँले ‘नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा सरकारले उचित बजेट पठाए पनि, व्यवस्था समितिको कमजोरी का कारण खाद्यान्न व्यवस्थापनमा असहज छ, खाद्यान्न आहार जुटाउन असहज छ, २ बर्षयता दाताकै भरमा भएको गुनासो गर्नुभयो । ’

यसअघि सो संस्थाले सुर्खेत, धनुषा, कैलाली, वीरगन्ज, मकवानपुरको चेपाङ बस्ती, सुर्खेतलगायतको ठाउँमा राहत तथा खाद्यान्न वितरण गरिसकेको छ ।

 

Nabintech