• ७ बैशाख २०८१, शुक्रबार
प्रकाशकीयः इन्टरनेटको पत्रकारितामा हाम्रो यात्रा


तपाईंले देश–विदेशका खबर हेर्न, सुन्न वा पढ्नका लागि कुन माध्यमको प्रयोग गर्नुहुन्छ ? पत्रपत्रिका, टेलिभिजन, रेडियो, अनलाइन न्युज पोर्टलमध्ये तपाईंलाई कुन माध्यम सहज लाग्छ ?

खबरमा रुचि भएका कामकाजी मानिसमध्ये धेरैको जवाफ हुने गर्छ, अनलाइन सञ्चार माध्यम ! किनकि, हामी अधिकांशले सामाजिक सञ्जालमा सेयर भएका समाचार वा भिडियो हेर्ने गर्छौं ।यो साधारण अनुसन्धानले देखाउने तथ्य हो ।

पछिल्लो समय स्मार्ट फोन,सामाजिक सञ्जाल र व्यस्त जीवनशैलीले गर्दा हामी अधिकांशले अनलाइनमै खबर हेर्ने वा पढ्ने गरेका छौँ । अहिलेको यही प्रचलनलाई ख्याल गरी हामीले एक सशक्त अनलाइन समाचार माध्यम ‘शिलालेख डटकम’ लिएर आएका हौँ ।

कोभिड–१९ र लकडाउनले देशका मूलधार मानिएका ‘प्रिन्ट मिडिया’, टेलिभिजन वा भनौ रेडियोमा पहिले जसरी प्रभावकारी रूपमा छिटो र छरितोसँग सूचना सम्प्रेषण गर्न सक्ने स्थिति रहेन । असहज परिस्थितिका कारण कतिपय पत्रपत्रिकाहरू त बन्द नै भए । र कती पत्रकार बेरोजगार पनि भए ।

ठूला लगानीमा खोलिएका मिडिया हाउस बन्द भए वा भनौ आर्थिक भार धान्न नसकि बन्दगर्नुपर्ने अवस्था सिर्जना भयो । यस परिस्थितिमा छिटो, छरितो र सहजरूपमा सूचना सम्प्रेषण गर्नसक्ने प्रविधिका कारण अनलाइन समाचार पोर्टलहरूको महत्व र आवश्यकता यसैबीचमा बढ्यो । इन्टरनेटका माध्ययबाट सजिलै पत्रकारिताको अभ्यास गर्नका लागि उपयुक्त माध्यम बन्यो अनलाइन समाचार माध्यम । त्यही आवश्यकताको उपज हो ‘शिलालेख.डटकम’ । पढ्न, सुन्न र देख्न सकिने पत्रकारिता नै अहिलेको आवश्यकता हो ।

कोभिड–१९ का कारण सिर्जित परिस्थितिमा पनि हामीले ‘पढ्न र हेर्न पनि सकिने’ मिडियाको रूपमा अगाडि आएका छौ । तर पनि के मनमा खड्केकाे कुरा के छ भने प्रविधिको तीव्र विकास र विस्तारले सूचनाप्रवाहको तौर तरिकामा निकै बदलाव आइसकेको छ । अहिले विशेषगरी अनलाइन न्युज पोर्टल र युट्युबको बाढी छ, तर विश्वसनीय समाचारको कमी नै देखिन्छ ।

हामी सत्य–तथ्य समाचार दिने प्रतिबद्धताका साथ आएका छौँ । समृद्धि, सामाजिक न्याय र सुशासन नै हाम्रो ध्येय रहनेछ । नागरिकको सूचना पाउने अधिकारको जगमा उभिएर पत्रकारिताको मूल्य–मान्यतामा अडिग हुँदै आफ्नो उदेश्य पूरा गर्ने बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

पत्रकारिताको एक दशक लामो अनुभव र पत्रकारिताकै विद्यार्थीहरुको  उर्जाशिल समूह निर्माण गरेका छौ । पत्रकारितामा सवै जान्ने ,सुन्ने वा सर्वज्ञानी कोही हुदैन्,जानेका कुरालाई निखार्दै व्यवहारमा वा भनौ हाम्रा गुणस्तरिय खुराक ल्याउने कुरामा हाम्रा सम्पूर्ण पाठक वगर्मा  पूर्ण रुपमा विश्वास दिलाउन चाहन्छौ ।

हाम्रो उदेश्यलाई आत्मसात् गर्दै ‘शिलालेख.डटकम’ मा जोडिनु भएका सम्पूर्ण पाठक मित्रहरुलाई हार्दिक स्वागत पनि गर्न चाहन्छु ।आजबाट ‘शिलालेख.डटकम’ मा तपाईंले केही फरक र थप गुणस्तरीय सामग्री पढ्न, सुन्न र हेर्न पाउनुहुनेछ । मूलतःअबपत्रकारिताको खास अभ्यासमा सहभागी हुन पाउनुहुनेछ ।

कोभिड–१९ को महामारीदेखि प्राकृतिक विपद्सम्मको त्रासका बीचमा पनिहामी उत्साहित छौं । र, यो उत्साह तपाईं समक्ष प्रसार गर्न चाहन्छौं । संकटको समयमा हाम्रो साथ अझ गाढा हुनेछ भन्ने विश्वास छ ।

हाम्रो यो नयाँ प्रयासमा तपाईँहरूको तर्फबाट अझ बढी साथ र सहयोगको अपेक्षा गरेका छौं । निरन्तर सहयोग, सुझाव र रचनात्मक  प्रतिक्रियाको अपेक्षा गर्दछौ  । अहिले विश्व नै कोभिड-१९ को कहरमा छ । यस विपदका बीचमा पनि हामी बेग्लै आशा र उत्साहका साथ आएका छौँ । धन्यवाद !

Nabintech