कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दियो होला,सरकारले छैन्:सञ्चारमन्त्री खतिवडा


काठमाडौँ । सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति सामाजिक सञ्जालले दिएको होला, सरकारले दिएको छैन् भनेर व्यग्यात्म शैलीमा सरकारको बचाउ गर्नुभएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित बिहिबारको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री खतिवडाले भने उहाँलाई सामाजिक सञ्जालले नै नियुक्त दिएको होला, सरकारले दिएको छैन ।

सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन । घनेर घुमाउरो पाराले पुनर्नियुक्ति दिनेबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताउनुभएको हो ।

खतिवडाले उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुनले वैठकमा कुनै औपचारिक प्रस्ताव पनि नल्याएको प्रष्ट पार्नुभयो । सामाजिक सञ्जालमा आएका कुरा र केही सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको उनको भनाइ थियो ।

कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई दबाब आइरहेको छ । भदौ २९ गते कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने चौतर्फी रुपमा दबाब आइरहेको छ ।

Nabintech