विधुत प्राधिकणका सिइओ कुलमानको पक्षमा ओर्लीयो सामाजिक सन्जाल

सिइओमा दोहोर्याउनुपर्ने माग गर्दै सामाजिक सञ्जालमा ह्यास ट्याग वि निड कुलमान



काठमाडौं । मंगलबार मन्त्रिपरिषदको वैठक चलिरहेको थियो । यता सामाजिक सञ्जाल फेसबुक तथा टिविटरमा भने नेपाल विधुत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गरीएको भन्दै बधाइ दिनेको स्टाटसको बाढी आएको थियो ।

तर यर्थाततामा भने मन्त्रीपरिषद वैठकमा भन पुनः नियुक्तिको कुनै प्रस्ताव नै नलगिएको उर्जामन्त्री बर्षमान पुनका प्रेससल्लाहाकारले टिविट गर्दै हल्लाका पछी लाग्न आग्रह गर्नुभयो ।

घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उहाँको कार्यकाल सकिनै लाग्दा उहँँलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ ।
यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्नुहुन्छ, –‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस लेख्नुभएको छ ।

यस्तै कलाकार दिपकराज गिरीको स्टाटसले धेरै जना झुक्किए समेत उहाँले फेसबुकमा ‘आज बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिगं लाइ नै बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ !!! सरकार संग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको बिकल्प छैन… भनेर लेख्दा त सामाजिक सञ्जालमा बधाइको आइरो समेत लागेको थियो ।

यस्तै लेखक बुद्वीसागर लेख्नुहुन्छ,‘लकडाउनमा बाह्रचौध घन्टाको लोडसेडिङको कल्पनाले पनि रिङगटा चलेर आउँछ । चाहिने कुलमान नै हो । चाहिएको पनि कुलमान नै हो ।’ भनेर सर्मथन जनाउनुभएको छ ।

यस्तै अन्य विभिन्न कालाकारका साथै आम नागरिकले पनि सरकारले कुलमानलाई प्राधिकरणको निर्देशकमा दोहोर्याउनुपर्ने  माग गर्दै सामाजिक सञ्जालमा ह्यास ट्याग वि निड कुलमान अभियान समेत चलाएका छन् ।

 

 

Nabintech