• १४ बैशाख २०८१, शुक्रबार
‘जबज’को स्प्रिटमा सम्धीलाई ७ औं पटक नियुक्ति, अरुलाई केको आपत्ति ?


काठमाडौं । पछिल्लो पटक पोखरेलले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका आफ्नै सम्धी‘सम्धी’  उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउने गरी सदस्य नियुक्त गनुर्भएकाे छ ।
सोमबार बसेको मन्त्रीस्तरीय निर्णयबाट पोखरेलका ‘सम्धी’ कोइरालालाई राजनीतिक नियुक्ति दिइएको भन्दै उहाँका बारे अहिले टीकाटिप्पणी भइरहेको छ । धेरैले उहाँको नियुक्तिको आलोचना गरेका छन्।

कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्ति गर्ने भएसँगै पोखरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ता र नेकपाकै नेता कार्यकर्ताले जबजसँग तुलना गर्दै उनको धज्जी उडाएका छन् ।  वाणिज्य बैंकका तत्कालीन अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डको सदस्यमा नियुक्त गरेपछि सो पद रिक्त थियो।

यस्तो छ पोखरेलको नियुक्तिको नालीबेलीः
१.२०५१ सालको एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक ।
२.कार्यकाल सकिएलगत्तै विराटनगरको एक स्नातकोत्तर क्याम्पसको प्रमुख ।
३.२०६१ मा जबजवादी स्कुल विभागको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा आयल निगमको कार्यकारी अध्यक्ष ।
४.निगमको कार्यकारीको कार्यकाल सकिएपछि केही समय खाली बस्नु परे पनि त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त ।
५. उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि राजेन्द्र खेतानको लक्ष्मी बैङ्कको अध्यक्ष ।
६. त्यसपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति ।
७. उपकुलपतिको कार्यकाल सकिएको केही महिनामै राष्ट्रिय वाणिज्य बैङ्कको सदस्य नियुक्त गरेर अध्यक्ष बनाइँदै ।

Nabintech