काठमाडौंका मेयरलाई गगन थापाको सुझाव : ‘सामान किन्‍न एक घर एक पासको व्यवस्था गर्नुहोस्’


काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर४ का संघीय सांसद गगन थापाले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना रोकथामका लागि ६ बुँदामा ध्यानाकर्षण गराउनुभएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी हुने भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद थापाले महानगरप्रमुख शाक्यको ध्यानाकर्षण गराउनुभएको हो । महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेसनलगायतको प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना संक्रमणको गतिलाई धेरै हदसम्म न्यून गर्न सकिने थापाको भनाइ छ । महानगरप्रमुख शाक्यलाई भेटेर सांसद थापाले काठमाडौमा बढ्दो कोरोना संक्रमण रोक्न महानगरले तत्काल गर्नुपर्ने कामका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो।उहाँले महानगरपालिकाको स्वास्थ्य विभागका प्रतिनिधि लगायतसँग छलफल गरी ध्यानाकर्षण गराएको थापाले जानकारी दिनुभयो ।

सांसद थापाले महानगरप्रमुख विद्यासुन्दर शाक्यलाई गराएका ध्यानाकर्षणका ६ बुँदा

१. काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामीसँगै काम गर्न चाहन्छौं । तपाईं सफल हुनुभनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।

४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५. खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।

६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।

सांसद थापाले महानगरले यी काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले दिने बताएका छन् । ’उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ ।’

महानगरप्रमुख शाक्यलाई सबै तह र निकायसँग समन्वय गरेर कोरोना विरुद्ध लड्न पनि सांसद थापाले सुझाव दिएका छन् ।

Nabintech