• ७ बैशाख २०८१, शुक्रबार
कोरोना संक्रमितको उपचारमा सक्रिय एक नर्सको भावुक प्रश्नः कोरोनाबाट त बाँचिएला, तर तपाईंको दुव्र्यवहार बाट मलाई कसले बचाउने ?


काठमाडौं। शनिबार काठमाडौंको वानेश्वर स्थित डाक्टरहरु बस्ने एक होस्टलमा बस्न नदिने भन्दै स्थानियले गरेको विरोधको सामाजिक सञ्जाल लगायत सञ्चारमाध्ममा खुलेरै विरोध भइरहेको छ ।

उनीहरूले आफ्नो टोलमा बसेको विरोधमा शनिवार ‘टोल सुधार समिति’का नाममा जम्मा भएको भिडले होस्टेलमै हुलहुज्जत गर्दा प्रहरी नै बोलाउनु पर्यो।

उक्त घट्नाको विरोध गर्दै कोरोना संक्रमितको उच्च संख्या रहेको बाँके जिल्ला स्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत नर्स सदिक्षा गैरेले कोरोना संक्रमतिको उपचारमा संम्लग्न हुदा परिवारले साथ दिए पनि समाजले सम्मान गर्न नसकेको गुनाशो गर्नुभएको छ ।

आइतरबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नर्स गैरेले कोरोना संक्रमितको उपचारका क्रियाशिल भएर काम गरीरहदा आफु खुसी भएपनि स्वास्थ्यकर्मी माथी भएको अमानविय क्रियाकलापले आफुलाई दुखित तुल्याएको बताउनुभएको हो। देशकै उच्च कोरोना संक्रमित जिल्ला बाँकेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना आइसोलेसन वार्डमा भएका कोरोना संक्रमतिको उपचारमा रातदिन खटिएपनि ‘आफु कोरोबाट त बाचिएका तर तपाईंको दुव्र्यवहार बाट मलाई कस्ले बचाउने ?’ भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नुभएको हो ।
नर्स गैरे लेख्नुहुन्छ ‘ घर बाट निकाल, टोलबाट निकाल,अस्पतलाबाट पनि निकाल ! अनि तिमी बिरामी पर्दा काहाँ आउँछौ ?? बिरामी त हामी पनि पर्दैछौँ,मुत्यूलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौँ। कोरोना बाट त बाचिएला,तपाईंको दुव्र्यवहार बाट मलाई कस्ले बचाउने ? भन्दै लेख्नुभएको छ ।

क्वारेन्टिनमा बसेका चिकित्सकहरूलाई आफ्नो टोलमा बस्नसमेत नदिने भनेर हुलहुज्जत गर्ने प्रवृत्ति चरम अमानवीय र मूर्खतापूर्ण पनि हो । काठमाडौंको बानेश्वरस्थित ‘बल्लभ मार्ग’को एउटा होस्टलमा सिभिल अस्पतालका चिकित्सकहरू बस्दै आएका थिए । यसअघि चितवनमाआफ्नै घरभित्र आइसोलेसनमा बसेका चिकित्सकहरूलाई स्थानीय वडाध्यक्षसमेतको संलग्नतामा दुव्र्यवहार गरेका थिए ।

यसैगरी संखुवासभा, विराटनगर, वीरगन्ज, चितवन र जाजरकोटलगायत देशका विभिन्न भागमा पनि चिकित्सकहरूमाथि स्थानीय बासिन्दाले दुव्र्यवहार गरेका समाचार सार्वजनिक भएका छन् । विश्वका विभिन्न देशहरुले कोभिड – १९ को संक्रमण समाजमा महामारीका रूपमा फैलन नदिन अघिल्लो पंक्तिमा लडेका भन्दै चिकित्साकर्मीहरूलाईे सम्मान र प्रोत्साहन दिइएको छ । धेरै समाजमा चिकित्सकहरूलाई अहिले ‘नायक’ मानेर स्याबासी दिइएको छ ।

नेपालका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा र वैयक्तिक सुरक्षा सामग्रीसमेत नपाउँदा पनि बिरामीको उपचार गरिरहेका छन् । राज्यले दिने भनिएको सुविधा पनि कतिपयले पाएका छैनन् । तैपनि, उनीहरू आफ्नो कर्तव्य पालन गरिरहेका छन् । यस्तो प्रवृत्ति देखाउनेहरूलाई कानुनबमोजिम सजाय हुनुपर्छ । साथै, सम्बन्धित स्थानीय सरकारहरूले चिकित्सकहरूसँग सार्वजनिकरूपमा माफी माग्नु उचित हुनेछ ।

 

Nabintech