• ५ कार्तिक २०७८, शुक्रबार
शुक्रबार कोरोना संक्रमणबाट हालसम्मकै बढी ११ जनाको मृत्यू, ज्यान गुमाउनेको संख्या १३७ पुग्यो


काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो ।

योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एक/एकजना गरेर ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ

Nabintech