काठमाडौं उपत्यकामा  विवाहमा सात जनामात्रै सहभागी हुन पाइने


काठमाडौं । बुधबार रातिबाट सुरु भएको काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाका बेला विवाहका लागि सात जनामात्रै सहभागी हुन पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पण्डेले सूचना निकालेर सात जनाभन्दा बढी सहभागी हुन नपाइने बताउनुभएको हो । काठमाडौं उपत्यकाभित्र बुधबार रातीदेखी १२ बजेदेखि निषेधाज्ञा छ।अत्यावश्यक कामबाहेक मानिसहरूलाई घरबाट ननिस्कन प्रशासनले आग्रह गरेको छ।

 

Nabintech