• १६ चैत्र २०८०, शुक्रबार
बाढीपहिरो प्रभावित ३० जिल्लालाई कांग्रेसले गर्‍यो ४५ लाख आर्थिक सहयोग


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी–पहिरो प्रभावितको उद्वार र राहतका लागि ३० जिल्लालाई आर्थिक सहयोग गरेको छ ।  कांग्रेसले बाढी–पहिरो प्रभावितको उद्धार र राहतका लागि ३० जिल्लालाई पार्टीका तर्फबाट डेढ लाख रुपैयाँ दरले आर्थिक सहयोग गरेको हो । प्रत्येक जिल्लामा एक लाख ५० हजार रुपैयाँका दरले ३० रकम पठाइएको हो ।
बाढी–पहिरो प्रभावितको उद्धार र राहतमा खर्च हुने गरी उक्त रकम जिल्ला कार्यसमितिका नाममा पठाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेसले लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी र पर्सामा रकम पठाएको छ ।
त्यस्तै धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीलाई पनि रकम पठाएको कांग्रेसले जनाएको छ ।
बाढी–पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्ला स्तरीय अभियानलाई बल पु¥याउन नेपाली कांग्रेसले ४५ लाख सहयोग गरीएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Nabintech