निर्मलाले न्याय नपाउनु लाखौँ छोरीहरुको मनमा भयको राज चलाउनु -रेखा थापा


काठमाडौँ । अभिनेत्री रेखा थापाले देश छोरीहरुका लागि स्वर्णिम हुन नसकेको बताउनुभएको छ । दुई वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले अहिलेसम्म न्याय पाउन नसकेको प्रतिसमेत उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

देश छोरीको निम्ति स्वर्णिम हुन नसकेकोमा चिन्तासमेत व्यक्त गर्नुभएकी रेखाले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने एक तस्विरसमेत शेयर गर्नुभएको छ । जुन धेरैले लाइक र केहीले शेयरसमेत गरेका छन् ।उहाँले फेसबुकमा लेख्नुभएको छ , ‘निर्मलाले न्याय नपाउनु भनेको लाखौँ छोरीहरुको मनमा भयको राज चलाउनु हो ।

रेखामात्र होइन निर्मलाको न्याएका लागि केही आयुष्मान देशराज जोशी, वर्षा सिवाकोटी, केकी अधिकारी, दीपाश्री निरौला, वर्षा राउत, बेनिशा हमाल, प्रियङ्का कार्की लगायत कलाकारले समेत अहिले आवाज उठाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मल पन्त’ पोष्ट गर्दै उनको न्यायको माग गरेका हुन् ।

 

Nabintech