• १५ चैत्र २०८०, बिहीबार
युवा दिवसको अवसरमा आदर्श नव क्लबद्धारा आमाको माया छात्रवासलाई खाद्यान सहयोग


धनगढी । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आदर्श नव युवा क्लब हसनपुरले आमाको माया छात्रवासलाई खाद्यान्न साम्रागी सहयोग गरेको छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा रहेको छात्रवासमा बसोबास गर्ने बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिनुभएको छ । लकडाउनका कारण बालबालिका बसोबास गर्ने उक्त छात्राबासमा खाद्यान्नको अभाव नहोस भन्ने हेतुले छात्रवासलाई खाद्यान्न साम्रागी  प्रदान गरीएको अध्यक्ष खड्काको भनाई छ । क्लबले ७५ किलो चामल, पाँच किलो दाल, दुई किलो नुन, एक सय पिस मास्क सहयोग गरेको हो।

क्लवले विभिन्न समयमा यस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ । क्लवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानलाई सफल बनाउनका लागि वडामा क्वारेन्टिनमा रहेका व्यक्तिहरुका लागि तिन महिनासम्म खानााको व्ववस्थापन समेत गरेको थियो ।

Nabintech