• १३ बैशाख २०८१, बिहीबार
के तपाईका घरका छोरीचेली विग्रिय ? के तपाईका छोरी चेली संस्कारी छैनन् ? सजिलो उपाया “बिहे” गरीदिनुहोस् !

प्रियंकाको प्रश्न- ‘के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सीमित छौँ ?’



काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार भएकोमा चिन्ता ब्यक्तगर्नुभएको छ । उहाँले केही दिनअगाडि नागरिक दैनिकले विवाह अगाडि बिग्रिएकी अभिनेत्री प्रियंका कार्की विवाहपछि संस्कारी भएको आसयको समाचार प्रकाशन गरेपछि उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै  फेसबुकमा लामो स्टाटस् समेत पोष्ट गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ ‘के तपाईका छोरी चेली संस्कारी छन् ? छैनन् ?  बिहे गरिदिनुस् !  शरिर ढाकिदिनुस् । चुलो चौको गरेर शरीर ढाकिदिए बल्ल छोरीहरु संस्कारी हुन्छन्’ ? उहाँ थप्नुहुन्छ – ‘सपना नदेखाउनुस् । करियर र एम्बिसन जस्ता कुरामा नअल्झाउनुस् । चुलो धान्ने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ !  बिहे नटिके समाजले कुसंस्कारी भन्छ फेरि ! ’

उहाँले स्टाटसमा भन्नुभएको छ – ‘केही समययता महिला कलाकार साँधुरो मानसिकताको शिकार हुँदै गएकोमा चिन्ता त लाग्छ नै । एक किसिमको डर पनि लाग्छ ।’ कहिले बिक्ने समाचारको नाममा र कहिले हिजो आएको कलाकार हेप्ने भन्दै समाजलाई मिडियाले महिला कलाकार तर्फ नकारात्मक बनाएको समेत उहाँले आरोप लगाउनुभएको छ ।

उहाँले हामीमा सामाजिक उत्तरदायित्व सकिएकै हो त ? भनेर समेत प्रश्न गर्नुभएको छ। ‘आम जनमानसले त्यही बुझ्छ, जे देखाइन्छ । के महिला कलाकार सम्मानका लायक छैनन्  ? ’ उहाँ प्रश्न गर्दै अन्तिममा लेख्नुहुन्छ ‘के हामी ‘बिक्ने समाचार’ र ‘हट गसिप’ मै सीमित छौँ  ?’

Nabintech