गोंगबु हत्याकाण्डमा संलग्न मुख्य अभियुक्त सार्वजनिक

हत्याको मुख्य कारण मृतक कृष्णबहादुरले फेसबुकमा नांगो तस्बिर हाल्नु र यौन शोषण -प्रहरी



काठमाडौं । प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।गत शनिबार गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले मंगलबार आमालाई सार्वजनिक गरेको हो।

सो आरोपमा प्रहरीले कल्पना मुडभरी ९पौडेल० लाई चितवनबाट पक्राउ काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो । गत आइतबार दाङका कृष्णबहादुर बोहोराको हत्या गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको जानकारी दिनुभयो ।

उनीहरुको वयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो।प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको वयान दिएकी छन्।

प्रहरीका  अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएकोउनले बयान दिएकी छिन् । ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि हत्या गर्न बाध्य भएको हत्यामा संम्लग्न मुडभरीले बयान दिएकी हुन् । मृतक कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर पौडेलको निर्वस्त्र तस्बिरहरू राखेको बताएकी छन् । त्यसपछि,’कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकार गरेको एसएसपी ज्ञवालीले बताउनुभयो ।

शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन्।हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ।

गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खालि जग्गाको कुुनामा फेला परेको थियो।

Nabintech