• १५ चैत्र २०८०, बिहीबार
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको कार्यक्षमतामाथि बारले उठायो प्रश्न

अदालतका विकृति सुधारका लागि आयोग गठन गरौँ : बार एशोसिएशन



काठमाडौं। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको कार्यक्षमतामाथि प्रश्न उठाएको छ । प्रधानन्यायाधीश राणाको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ आरोप छ ।

श्रेष्ठले सोमबार पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको जनाएको हो । बारले अदालतमा नियुक्त हुने न्यायाधीसको नियुक्ति प्रक्रिया नै गलत भएको बारको दाबी छ । न्यायाधीशहरूमा पद अनुकलको अनुभव तथा ज्ञानको अभाव हुँदा न्यायसम्मादनमा समस्या देखिन गरेको बारको भनाइ छ ।

बारले न्याय सम्पादनमा भएका विकृति, विसंगति हटाउनुपर्ने भन्दै बार सम्मिलित प्रतिनिधिमण्डल गठन गर्नसहित प्रधानन्यायाधीश जबरासमक्ष १७ बुँदे माग सहितको ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको वारका महासचिव लिलामणि पौडेलले बताउनुभयो ।

बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न माग गरेको छ ।

यस्तै अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पद अनुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएको भन्दै त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरेको छ ।

यस्तै न्यायाधीश र बार पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन, अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बारले माग गरेको छ ।

Nabintech