• ७ बैशाख २०८१, शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ


नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसनधान आयोगले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई स्रोत नखुलेको नगद रकम सहित पक्राउ गरेको छ । आयोगले उनीहरुलाई सोमबार रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायालाई श्रोत नखुलेको नगद रकम रु ३,४८,००० (तीन लाख ४८ हजार ) र विभिन्न मितिको बैंक भौचर रकम रु.५,५०,००० (पाँच लाख पचास हजार०) सहित रुपन्देहीको सालझन्डीबाट आयोगको बुटवल कार्यालय टोलीले नियन्त्रमा लिएको हो ।

उनीहरु निकुञ्ज कार्यालयको बा।२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा अदुअआको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

 

Nabintech