• १३ बैशाख २०८१, बिहीबार
यो त आन्दोलनको ट्रेलर मात्रै हो,संसद् पुनःस्थापना नभए आँधीहुरी आउँछ:प्रचण्ड


काठमाडौं । राजनीतिकरुपमा विभाजित प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चताप नगर्दासम्म जनताले क्षमा नदिने बताउनुभएको छ ।

मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा बोल्दै दाहालले “जबसम्म केपी ओलीले पश्चाताप गर्ने छैनन्, लोकतन्त्रमाथि घात गरेँ । आफैँले बनाएको संविधानको बलात्कार गरेँ । म अपराधी हुँ भन्ने छैनन्, तबसम्म उनलाई इतिहासले माफी दिने छैन । जनताले क्षमा दिने छैनन्,’’
उहाँले ओलीले संविधानविरोधी काम गरेर संसद भंग गरेको होइन् कि आफूले आफूलाई भंग गरेको टिप्पणी गर्नुभयो । दाहालले भन्नुभयो, मदन भण्डारीले एक कार्यक्रममा भनेको स्मरण गर्दै भन्नुभयो, “यो आन्दोलन होइन । आन्दोलनको ट्रेलरमात्रै हो । यो त भत्कौरोमात्रै हो । जन्ती आउनै बाँकी छ, बाजा बझ्नै बाँकी छ ।’’

प्रचण्डले संसद् पुनःस्थापना नभए आँधीहुरी आउने बताउनुभयो ।

Nabintech