कांग्रेसलाई बाबुरामको टिप्पणी:ओलीले चुनाव गराउँलान् र कांग्रेस ठूलो पार्टी हुन्छ,भन्ने भ्रममा नपरौं


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम सच्याउन लोकतन्त्रका लागि सात सालदेखि लडेको कांग्रेस नेतृत्वले भने ढुलमुल गरीरहेको आरोप लगाउनुभयो ।

ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उहाँले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने दावी गर्नुभयो । विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘‘‘कांग्रेस सात सालदेखि लोकतन्त्रका लागि लडेको पार्टी हो, उसले लोकतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पनि हो,” “अहिले हामी प्रतिगमनविरुद्ध लोकतन्त्र ल्याउन सहकार्यका लागि तयार छौं । तर, कांग्रेस नेतृत्व अहिलेको प्रतिगमनविरुद्ध उभिन ढुलमुल गरिरहेको छ, झर्ला र खाउँला प्रवृति देखाउँदै छ ।”

डा. भट्टराईले भन्नुभयो, चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’
उहाँले अघि भन्नुभयो, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताउनुभएको छ । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो, किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’
कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ ।उहाँले भन्नुभयो, अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए । यसका लागि सभामुखले सबै खालको बैठक बोलाउने र संसदको बैठक राख्नुपर्ने उनले बताए । ‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ ।

“ठोरीमा सुकुम्बासी चेपाङका घरमा आगो लगाएर चार अर्ब बढी खर्चिएर राम मन्दिर बनाउने रे अनि नाम कम्युनिस्ट रे, यस्तो व्यक्तिलाई हामीले गल्ती गरेर प्रधानमन्त्री बनायौं,” भट्टराईले भन्नुभयो, “यस्तो व्यक्तिलाई प्रधानमन्त्री बनाउने गल्ती दोहोर्‍याउँदा प्रतिगमन पनि दोहोरिएको हो ।”

उहाँले कांग्रेसको विद्रोह राजनीतिक हुने, मालेको विद्रोह राजनीतिक हुने, मधेसीको विद्रोह राजनीतिक हुने तर थारुको विद्रोह अपराधिक हुने नयाँ मापदण्ड भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

ओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै उनले सहकार्यका लागि आग्रह गर्नुभयो ।

Nabintech