• १३ बैशाख २०८१, बिहीबार
प्रचण्ड–माधव समूह संसदीय दलको नेतामा पुष्पकमल दाहाल’प्रचण्ड’ चयन


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गर्नुभएको थियो । जसलाई  उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका छन् ।

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गर्नुभएको हो ।
प्रधानमन्त्रीविरुद्धको प्रस्ताव पेश मात्रै भएको र थप प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले बुधबार निर्णय नगरिएको गुरुङले जानकारी दिनुभयो ।

यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ ।
प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

Nabintech