• १३ बैशाख २०८१, बिहीबार
सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका पूर्णमान शाक्य विजयी

उपाध्यक्षमा प्रगतिशिल समूहका पौडेल र सचिवमा लोकतान्त्रिक समूहका घिमिरे विजयी



काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस वृहत लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाती) पेशागत कानून व्यवासायी समूह तर्फबाट अध्यक्षका उमेदवार शाक्यले २ सय ९५ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । उहाँका निकतम प्रतिद्धन्द्दी प्रगतिशिल समूहका रविनारायण खनालले भने २ सय ५० मत प्राप्त गर्नुभएको छ ।

कार्यसमितिमा पदाधिकारीसहित बहुमत सदस्य लोकतान्त्रिक समूहबाट विजयी भएका छन् । उपाध्यक्षमा भने प्रगतिशिल समूहका मुकुन्द प्रसाद पौडेल २ यि ८४ मत प्राप्त गरी विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्धन्द्दी नमराज रिजालले २ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

लोकतान्त्रिकका तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उमेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्।

सचिवमा लोकतान्त्रिक समूहका ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की निर्वाचित भएका छन्।

त्यस्तै, महिला सदस्यमा अमिता गौतम पौडेल र सदस्यहरूमा अनन्त कार्की, अनन्तराज लुईँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्र प्रसाद शाह, मिराज श्रेष्ठ, डा. रामहरी त्रिपाठी र निर्मला भण्डारी निर्वाचित भएका छन् ।

Nabintech