• १३ बैशाख २०८१, बिहीबार
अध्यादेश फिर्ता नलिए,पार्टी एक्सनमा जान्छ,त्यसको जवाफदेही ओलीले लिनुहुन्छ:प्रचण्ड


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नलिए त्यसको जवाफदेही प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्ने बताउनुभएको छ ।

प्रदेश नम्बर एकस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले संस्थागत निर्णय गरिसकेकाले फिर्ता नलिए यसको सम्भावित परिणाम ओलीले नै बेहोर्नुपर्ने बताउनुभएको हो ।
अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्ने विश्वास आफूलाई लागेको प्रचण्डले बताउनुभएको थियो । “पछिल्लो अध्यादेश पार्टी र देश जनताको हितविपरीत हो ।
त्यसलाई उहाँले फिर्ता गर्छु भन्नु भएको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै प्रदेशका सचिव सुरेशकुमार राईले भन्नुभएको छ, “पार्टीले पनि निर्णय गरेको छ । फिर्ता गर्नुभएन भने त्यसको जिम्मेवार र जवाफदेही ओली नै हुनुपर्छ । पार्टी र सिंगो देशलाई जवाफ दिनुपर्छ ।” उहाँले ओलीले फिर्ता गर्छु भनेपछि त्यसमा शंका-उपशङ्का नगर्न पनि प्रचण्डले आग्रह गर्नुएभएको थियो ।

पार्टी निर्णयविपरीत प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक राखेपछि प्रचण्डले आपत्ति जनाएर रोक्न ललगाउनुभएको थियो तर, अध्यादेश फिर्ता नभएपछि ओली पार्टी कमिटीको निर्णयबाट पछि हटेको आशङ्का भइरहेको छ ।

Nabintech